Sujang

डोटीको आदर्श गाउँपालिकामा सञ्चालित होजियारी सिप विकाश तालिम सम्पन्न 

Ban
डोटी : डोटीको आदर्श गाउँपालिमा ४५ दिने मध्यम खाले होजियारी सिप विकास तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनमा लामिखालमा सञ्चालन गरेको मध्यम खाले होजियारी सिप विकास तालिम सम्पन्न भएको हो ।
“सिप सिकौँ स्वरोजगार वनौ, समृद्ध नेपालको विकास गरौँ” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् ।
उनले भनिन्,‘महिला दिदिवहिनिहरु गाउँमा अहिले पनि धेरै बेरोजगार छन् । यस्ता सिपमूलक तालिमले थोरै भए पनि राहत पुगोस् भनेर तालिम दिएका हौँ। तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न जोड दिऊँ ।’
गाउँपालिकाको वडा नम्बर ५ लामिखालका २० जना महिला र किशोरीहरूको सहभागीमा सञ्चालन गरिएको तालिममा उनको धागोबाट सुइटर, स्काप, टोपी ,दोसल्ला लगायतका सामाग्री बनाउने सिप सिकेको सहभागीहरूले बताए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.