Sujang

डोटीमा तीन कृषक सम्मानित 

Ban
राज पार्की, डोटी :भिमदत्त उत्कृष्ट कृषक पुरस्कार स्वरूप डोटीका तीन जना कृषक सम्मानित भएका छन् । डोटीको शिखर नगरपालिकाका वडा नं ११ का कृषक कर्ण बहादुर बलाएर बाख्रा पालन तर्फ, के आइ सिंह गाउँपालिका वडा नं ६ का कृषक हरिलाल जैसी तरकारी तर्फ र जोरायल गाउँपालिका वडा नं ३ का कृषक आकृति कठायत (जोशी) तरकारी फलफूल खेती, पशुपालन तर्फ आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लाबाट जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन । ८ जनाको कृषि ज्ञान केन्द्रमा आवेदन परेको थियो त्यस मध्ये उनीहरू तीन जनालाई छनोट गरिएको थियो । तिनै जनाले सम्मान स्वरूप जनही २५ हजार सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
Posan
कृषक पेसा एउटा सम्मानित र मर्यादित पेसा भएकोले अगामी दिनमा आफ्नो व्यक्तिगत सँग सँगै समाजमा भएका अरू किसानहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो ।  साथै कृषि पेसामा लाग्ने मानिसहरू पनि कुनै ठाउँमा गएर सम्मानित हुन्छन् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
Krishi
आफूहरूले गरेको मिहिनेत तथा सङ्घर्षको मूल्याङ्कन गरेकोमा आफूहरू खुसी भएको उनीहरूको भनाइ छ । धेरै सङ्घर्ष र मिहिनेतले गर्दा अहिले कृषि पेसामा राम्रो प्रतिफल पाइरहेको हुँदा अरूलाई पनि विदेश नगाएर कृषि पेसामा लाग्न उनीहरूले सुझाव दिएका छन् ।
मङ्गलवार सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल, डोटीको आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा आफ्नो देश छोडेर जानू भन्दा आफ्नै देशमा कृषि पेसामा लागेर नामको मात्र नभएर व्यवहारिक रूपमा कृषि प्रधान देश बनाउन सबैले लाग्नु पर्नेमा सरोकारवालाले सहभागीहरूले जोड दिएका छ ।
कार्यक्रममा कृषि निर्देशनालयका निर्देशक  यज्ञराज जोशी, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, के आइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, अधिकारकर्मी, सरोकारवाला लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.