Sujang

नेपाल प्रेस युनियन डोटी शाखाद्वारा जग्गा खरिद

इन्द्र शाही , डोटी : नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ।
आइतबार शाखाले दिपायल सिलगढी नगर पालिका -४ पिपल्लामा रहेको ४ आना जमिन शाखाको नाममा खरिद गरेको हो।
जग्गा धनी टिकाराम भण्डारीको नाममा रहेको उक्त जमिन खरिद गरेको नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए ।

आइतबार नेपाल प्रेस युनियन डोटी शाखाको  नाममा कानुनी रूपमा जिल्ला मालपोत कार्यलय डोटीबाट जग्गाधनी दर्ता प्रमाण -पुर्जा लिएको अध्यक्ष बमले बताए।

भवन निर्माणलागि जग्गा खरिद गर्न सहयोग गर्ने सम्पूर्ण अध्यक्ष बमले धन्यवाद ज्ञापन गरे ।

उनले भने ,´युनियनको नाममा जग्गा खरिद गर्न पाउँदा निक्कै खुसी लागेको छ। तत्काल भवन निर्माणको कार्य अगाडी बढाउने छौँ । ´

नेपाल प्रेस युनियन डोटी शाखाले रचनात्मक तथा संस्थागत कार्य गर्दै आएको प्रेस युनियन डोटी शाखाका सचिव पवन महराले बताए । शाखाले विभिन्न समयमा दुर्घटना बिमा , कोरोना बिमा , शैक्षिक सामग्री वितरण , स्वास्थ्य परीक्षण , रक्तदान , तेजु स्मृति अक्षयकोष लगायतका बिभित कार्य गर्दै आएको सचिव महराले बताए ।

नेपाल प्रेस युनियन डोटी शाखाले गरेको संस्थागत विकासको कार्य सह्रानीय रहेको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए ।

यस्ता रचनात्मक तथा संस्थागत कार्य अन्यले पनि सिक्न जरुरी रहेको उनले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.