
चैत्र ,२८ गते – नेपाल तरुण दल डोटीले पालिकामा स्तरीय संगठन विस्तार तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांगे्रसको भातृसंगठन तरुण दल डोटीले पहिलो चरणमा जिल्लाका चार वटा पालिकामा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
वैशाख ४ गते वोगटान फुड्डिल गाउँपालिकाको चवराचौतारामा, वैशाख ५ गते वडिकेदार गाउँपालिकाको खड्यौलिमा ,वैशाख ६ गते जोरायल गाउँपालिकाको सिलगङ्गीवाग बजार, वैशाख ८ गते केआई सिंह गाउँपालिकाको वायलमा पहिलो चरणको समीक्षा सहितको कार्यक्रम गर्न लागेको तरुण दल डोटीका अध्यक्ष टेक रावलले बताए ।
दोस्रो चरणमा अन्य बाँकी पाँच स्थानीय तहमा संगठन विस्तारको कार्यक्रम रहेको अध्यक्ष रावले बताए ।