बिक्रम खड्का ,सिलगढी : डोटीको सदरमुकाम सिलगढीमा बजार अनुगमन गरिएको छ।
शनिवार दिपायल सिलगढी नगरपालिकाद्वारा स्थानीय बजार अनुगमन गरिएको हो ।
नगर उप- प्रमुख कलावती महर साउँदको संयोजकत्वमा टोलीले नगरपालिकाको वडा नम्बर ६ को मुख्य व्यापारिक केन्द्र तथा जिल्ला सदरमुकाम सिलगढी बजारमा बजार अनुगमन गरेको छ ।
अनुगमनमा किराना पसल तथा होटेलमा उपभोग गर्ने म्याद नागेका दैनिक उपभोग्य सामान प्याकेजिङका समान र ढक तराजुको अनुगमन गरिएको उप प्रमुख साउदले बताइन् ।
बजार अनुगमनबाट आठ हजार ६ सय पचहत्तर रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी मुचुल्का सहित सबैको रोहवरमा नष्ट गरिएको छ ।
पछिल्लो समयमा व्यापारीहरू सचेत भइसकेकाले अनुगमनबाट थोरै मात्रामा म्याद नागेका समान बजारमा भेटिएको नगर उप- प्रमुख साउँदले बताइन् ।
चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न नगर पालिकाले नगर भित्र सञ्चालनमा रहेको बजार अनुगमलाई नियमित गरिने उनले बताइन् ।
बजार अनुगमनमा नगर उप- प्रमुख साउँको नेतृत्वमा वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासी , नगरपालिकाका, जिल्ला प्रशासन कार्यालय ,उद्योग वाणिज्य संघका , घरेलु कार्यालयका ,खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका , गुण तथा नापतौल कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।