

गणेश मौनी ,सिलगढी :डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बीपीनगरमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको प्रमुखमा दीपक राज भण्डारी नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालन समितिको शनिवार बसेको बैठकको निर्णय अनुसार भण्डारीलाई क्याम्पस प्रमुखमा नियुक्त गरे सँगै सहायक क्याम्पस प्रमुखमा रमेशराज भट्टलाई नियुक्त गरेका हुन् ।
दुवै जना क्याम्पसका उप प्राध्यापक हुन् ।
डोटीको दक्षिणी क्षेत्रमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस २०५९ सालमा स्थापना भएको थियो । हाल क्याम्पससँग तिन सय जना बिद्यार्थिहरु रहेका छन् भने क्याम्पसमा डोटीको बडीकेदार, बोगटान फुड्सिल, जोरायल गाउँपालिका र कैलालीको चुरे, मोहन्याल लगायतका विभिन्न स्थानबाट बिद्यार्थिहरु अध्ययन गरिरहेका क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुखको पदावधि चार वर्षको रहेको छ ।
