Sujang

पवित्र आवासीयले नयाँ शैक्षिक सत्रबाट मल्टिमिडिया पद्तीबाट पठनपाठन गर्ने 

गणेश मौनी :डोटीको सिलगढीमा रहेको पुरानो शैक्षिक संस्था पवित्र आवासीय माध्यामीक विद्यालयले नयाँ शैक्षिक सत्रबाट मल्टिमिडिया पद्तीबाट पठन पाठन गर्ने जनाएको छ ।
विद्यालयले गत फागुन महिना देखि आधुनिक प्रविधिको प्रयोग गरी अडियो र भिडियो मार्फत कक्षाहरू सञ्चालन गरेको भएपनी नयाँ शैक्षिक सत्रबाट सबै कक्षाहरूमा पूर्ण रूपमा मल्टिमिडिया पद्तीबाट शिक्षण कार्य सञ्चालन गर्ने भएको छ ।
 विद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक निमार्ण कार्यलाई पनि अघि बढाएको पवित्र आवासीय माध्यामीक विद्यालयका प्रिन्सिपल विनोद मिश्रले बताए । उनले भने हामी पूर्ण रूपमा नयाँ प्रविधिको प्रयोग गरेर बिद्यार्थिहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गरी नमुना विद्यालयको रूपमा स्थापित गराउने छौ । बिहीबार विद्यालयले नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउने गरी मल्टिमिडिया कक्षा सञ्चालनको लागि तिन कोठे भवनको सुरुवात गरेको विद्यालयले जनाएको छ ।
पछिल्लो समयमा विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि जिल्लाका सरोकारवाला निकाय, प्राध्यापक, अभिभावकहरू सँग पटक पटक छलफल समेत गरेको थियो ।
२०४० सालमा स्थापना भएको पवित्र आवासीय माध्यामीक विद्यालय सँग आफ्नै खेलमैदान सहितको भवन, स्कुल बस, तालिम प्राप्त शिक्षकहरू रहेका छन् ।
पवित्र आवासीय बाट अध्ययन गरेका अधिकांश व्यक्तिहरू डाक्टर, इन्जिनियर, कानुन बिद र सरकारी सेवाको उच्च पदमा पुगेका विद्यालयले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.