Sujang

जिवित रहेका डोटीका चक्र मटेलीको नाम सहिदको सूचिमा

Ban

प्रकाश बम,डोटी : सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिवित मानिसको नाम समावेश भएको पाइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–२ (साबिकको बर्छैन गाउँ विकास समिति–८) का ५९ वर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरूको सूचीमा सार्वजनिक गरेको हो ।

नेपाल सरकारले गत फागुन १५ गते गरेको निर्णय अनुसार गृह मन्त्रालयले राज पत्रमा सार्वजनिक गरेको सहिदहरुको नाममा जिवित रहेका मटेलिको ४२ नम्बर नाम राखेको छ।

उनले भने,´म जिउँदै छु। जीवित मानिसलाई यसरी सहिद घोषणा गरिनु दुःखद कुरा हो।`

Krishi

उनले थपे ,´ म त्यही बेलाको घाइते हुँ। अहिले पनि म अस्वस्थ्य छु। अहिलेसम्म देशमा ठुलो परिवर्तन भयो । संविधान आयो। देश संघिय संरचनामा गयो। तर आफूले उपचार समेत नपाएको तितो यथार्थ पोखे ।`

दुःखमा झन् मलाई दुख दिने तरिकाले सहिद घोषणा गर्नु भन्दा उपचार र राहतको उचित ब्यवस्था गरियोस् मटेलिले भने।

 

२०५९ साल बैशाख १९ गते द्वन्द्वको समयमा आफुलाई गोली लागेर मर्‍यो भनेर छाडेका बेला आफू पाँच दिन अाेडारमा खान नखाएर घरेलु उपचारले बाँचेको हुँ मटेलिले पिडा पोखे।

आफू संघ खेतगडामा काम गर्ने ५ जना सर्वसाधारणको त्यति बेला ज्यान गएको उनले बताए ।

 

नेपालको राष्ट्रिय हित ,लोकतन्त्र र अग्रगामी परिवर्तन लागी भएको सशस्त्र संशर्ष र क्रान्तिका रूपमा साहदात प्राप्त गर्ने सहिदको सम्मान स्वरूप नेपाल सरकारले घोषणा गरेको सहिदहरूको लिस्ट त्यति भरपर्दो नभएको भन्दै सामाजिक सञ्जाल तथा सर्बत विरोध गरिएको छ।

                                                                                                                                           राजपत्रमा डोटीका ६३ जनाको नाम शहिदहरुको लिस्टमा सार्वजनिक गरिएको छ

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.