Sujang

नेबिसंघ डोटीद्वारा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कार्वाहीको माग

सिलगढी:डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगितको बिषयलाई लिएर नेपाल बिद्यार्थी संघ डोटीले प्रमख जिल्ला अधिकारी कल्पना श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रप्रसाद धमलालाई कार्वाहीको माग गरेको छ ।

नेपाल बिद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिप्लब समुह निकट बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी) का बिद्यार्थीहरुले मतपेटीका तोडफोट गर्दा समेत निर्वाचनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी मुखदर्शक भएर बसेकाले निर्वाचन स्थगित हुनमा सुरक्षा प्रशासनको समेत मिलेमतो रहेको जनाएको छ ।

प्रेस विज्ञप्ति मार्फत मतपेटीका तोडफोड गर्ने अराजक व्यक्तिलाई कार्वाहीको समेत माग गरेको छ । विज्ञप्तिमा तत्कालै निर्वाचन अधिकृतले सबै बिद्यार्थी संगठनलाई बोलाएर छलफल गरी भोलिनै केही घण्टा भित्रै निर्वाचनको समय तोकि मतदान गर्ने व्यवस्था गरियोस् भनिएको छ । विज्ञप्तिमा क्याम्पस प्रमुखको राजीनामा समेत माग गरिएको छ ।

यदि सबै माग सम्बोधन नभए क्याम्पसमा लगाएको ताला समेत नखोल्ने र थप आन्दोलनका कार्यक्रम जारी राख्ने नेबिसंघका अध्यक्ष दिपेन्द्र सिंहद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.