
प्रकाश बम,डोटी -ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र राजपुरको १६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमका बिच ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र राजपुरको हलमा सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सामाजिक सेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हुने बताए । वार्षिकोत्सवको शुभकामना दिँदै सामाजिक सेवामा अनवरत रूपमा लागि रहेकाहरूले धर्म खोज्न कतै जानू नपर्ने उनले बताए । जति आनन्द धर्ममा हुन्छ त्यति अरू कुनै ठाउँमा नभएको समेत सिंहले बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेको दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सीँ खड्काले समाजमा रहेका विकृति, विसङ्गतिको न्यूनीकरणमा ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताए । स्ांस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख खड्काले भने ,‘धार्मिक आस्था मात्र बोक्नु हुदैन् । धार्मिक आस्था मनै देखि राख्न सके सत मार्गको बाटो अपनाउन सकिन्छ । ’
उक्त कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल जोराले नेपालीहरूबिच आपसी सद्भाव र मेलमिलाप गर्न ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको ठुलो योगदान रहेको बताइन् ।
ब्रह्मा कुमारी ईश्वरीय विद्यालयले दिएको ज्ञानले केही मात्रामा भए पनि समाजमा हुने हत्या ,हिंसा, कुरीति, कुलत लगायतका घटना न्यूनीकरणमा भूमिका खेलेको बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै वोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमले ब्रह्मा कुमारी ईश्वरी विश्व विद्यालयले दिने ज्ञान सबैले सिक्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्,‘रीति रिवाज चाल चलन भेष भूषा जोगाउन ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका खेलेको छ।’
कार्यक्रममा बोल्दै आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले ज्ञानको ज्योति बाल्न ब्रह्ममा कुमारी ईश्वरीय विश्वले महत्त्वपूर्ण काम गरेको बताइन् ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संस्थाले गरिरहेको कार्यको प्रशंसा गरेका थिए ।
ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीले १६ औँ वर्षमा प्रवेश गर्दाका समय सम्म पुग्दा विभिन्न समयमा सहयोग गर्ने जग्गा दाता देखि भौतिक संरचना बनाउन सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गरिन् । आगामी दिनमा पनि सबै सहयोग लागि अनुरोध गरिन् ।
उक्त वार्षिकोत्सव कार्यक्रममा विभिन्न देश भक्त तथा सन्देश मूलक गीतमा नृत्य, सन्देश मूलक नाटक समेत देखाइएको थियो ।

ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुरकी प्रमुख सञ्चालिका जानकी दिदीको सभापतित्व भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घ बोगटी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि पार्वती चन्द, नेकपा एमाले प्रतिनिधि जानकी भट्ट, विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि ,समाज सेवी, कर्मचारी, व्यापारी, नागरिक समाज र पत्रकारहरू सहभागिता रहेको थियो ।