Sujang

डोटीमा नेबिसंघलाई जिताउन कांग्रेसका नेताहरु प्रतिबद्ध

गणेश मौनी: यही चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचन लाई डोटीमा नेबिसंघलाई जिताउन नेताहरुले प्रतिबद्धता जनाएका छन्।
नेपाल बिद्यार्थि संघ प्रचार प्रसार समिति डोटी बहुमुखि क्याम्पस डोटीले बिहीबार डोटी क्याम्पसमा आयोजना गरेको उम्मेदवारी घोषणा तथा प्रतिबद्धता सभा कार्यक्रममा बोल्दै नेताहरुले नेबिसंघलाई जिताउन पार्टि एक भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका नेपाली कांग्रेस डोटीका पार्टि सभापती नरेन्द्र बहादुर सिंहले स्वबीयु निर्वाचनको लडाई पार्टिको आन्तरीक लडाई नभई अन्य दलका भातृ संगठनहरु संगको भएकोले पार्टि एक भएर उभिने बताए । स्वबीयुको निर्बाचनमा नेबिसंघका तर्फबाट समाबेशी महिला सहितको उमेद्वारी दिएकोले जित सुनिश्चीत रहेको पार्टिले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
डोटी क्याम्पसको भौतीक, शैक्षिक उन्नतीको लागि नेपाली कांग्रेको महत्वपूर्ण सहयोग रहेको नेपाली कांग्रेसका नेता पूर्ब प्रदेश सभा सदस्य भरत बहादुर खड्काले बताए । सभालाई सम्बोधन गर्दै नेता खड्काले नेबीसंघ आन्तरीक रुपमा एकता भए अघाडी बढ्दा डोटी क्याम्पसमा नेबिसंघलाई हराउने ल्यागत कुनै दलका भातृ संगठनमा नरहेको समेत बताए । नेबिसंघलाई जिताउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए ।
बिद्यार्थिहरुले राजनिती गर्दा आफ्नो सीद्धान्तमा अडीग रहेर दृढ विश्वासका साथ अघाडी बढ्नुपर्ने काग्रेसका युवा नेता शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । त्रिभुवन विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा समेत नेपाल बिद्यार्थि संघबाट डोटीको उमेद्वार भएकोले नेविसंघको सबै ठाउँमा जित हुने बताए । डोटीमा नेबिसघर्लाइ जिताउन पूर्ण सहयोग गर्ने समेत बताए ।
डोटी क्याम्पसको शैक्षिक भौतिक प्रगतीको लागि नेपाल बिद्यार्थि संघ जहिले पनि कटीबद्ध रहेको नेपाली कांग्रेस डोटीका पार्टि सचिब एवं आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने नेबिसंघले कहीले पनि झुटा आश्वासन दिदैन् दिएको पनि छैन, गर्न नसक्ने कुरा गर्दैन गरेको पनि छैन त्यसैले पनि नेबिसंघ आम बिद्यार्थिहरु आबद्ध रहेकोले बहुमतका साथ नेबिसंघको जित हुने, जितलाई कसैले छेक्न नसक्ने समेत बताए ।
डोटी जिल्लामा रहेका सबै स्थानीय तह र जिल्ला समन्वय समितिले पनि डोटी क्याम्पसको उन्नतीको लागि सहयोग गर्ने समेत अध्यक्ष खड्काले बताए ।
डोटीका सबै क्याम्पसहरुमा नेपाल बिद्यार्थि संघको जित सुनिश्चीत रहेको नेपाल बिद्यार्थि संघ डोटीका अध्यक्ष दिपेन्द्र सिहले बताए । उनले भने तुलनात्मक रुपमा डोटीका सबै क्याम्पसहरुमा हाम्रो बलीयो उपस्थिती छ, हाम्रो संगठन बलीयो छ, हाम्रा बिद्यार्थिहरु संगठन प्रति बफादार छन त्यसैले जित सुनिश्चीत छ । डोटी क्याम्पसमा अध्ययनरत नेबिसंघका बिद्यार्थिहरु बिच त्यस्तो कुनै मतभेद नरहेको सबै एक भएर अघाडी बढीरहेको समेत अध्यक्ष सिहंले बताए ।
उम्मेदवारी घोषणा तथा प्रतिबद्धता सभा कार्यक्रममा बोल्ने सबै बक्ताहरुले डोटी बहुमुखी क्याम्पस लगाएत डोटीका सबै क्याम्पसहरुमा नेपाल बिद्यार्थि संघको जित हुने दाबी गरेका छन् । उम्मेदवारी घोषणा तथा प्रतिबद्धता सभामा नेपाली काग्रेसका पार्टि प्रतिनिधी,काग्रेसबाट निर्बाचित जनप्रतिनिधी, युवा नेता लगाएतले आफ्ना धारणा राखेका थिए ।
उम्मेदवारी घोषणा तथा प्रतिबद्धता सभा कार्यक्रमा डोटी बहुमुखी क्याम्पस डोटीमा अध्ययनरत बिद्यार्थिहरु, नेपाली काग्रेंस पार्टि संग आबद्ध, सुवेच्छुक। भातृ संगठन, नागरिक समाज, पत्रकार लगायको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.