Sujang

आठ बर्षिया ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा सहयोगका लागि परिवारको अपिल

Ban
सिलगढी –  ब्लड क्यान्सरबाट पीडित आठ बर्षिया बालिकाको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका – ६ चौकुनेगडाका नृप बमकी ८ बर्षिया छोरी बसन्ती बमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो ।
ब्लड क्यान्सरबाट पीडित बालिका अहिले बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण छोरीको उपचारमा समस्या भएको बुवा नृपले बताए ।
Krishi
उनले भने ,‘ परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्था  छैन् । अझै पैसाको ठुलो आवश्यकता छ । मेरो पहिलो सन्तान छोरीलाई बचाउन सके म बाचे जस्तै हुन्थ्यो । छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’
देशविदेशमा रहेका मनकारी व्यक्ति तथा संघसस्थालाई सहयोग गरेर छोरीको ज्यान जोगाइ दिन सबैमा उनले अनुरोध गरे।
थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग लागि अभियान सञ्चालन गरेको कैलाश बमले बताए ।
उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९७६५८१४८६५, ९८४८५३२८०७ मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै कुमारी बैङ्क लिमिटेडमा उहाँको बुवा  नृप बहादुर बमको नाममा रहेको खाता नम्बर ०७५०१५४४०७५००००१ खातामा रुपैयाँ जम्मा गर्न सक्नेछन् ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.