Sujang

डोटी जिप दुर्घटना : हेलिकप्टर मार्फत नेपालगन्ज लगिएकी विष्टको मृत्यु

डोटी :डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलवार साँझ उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए । सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको (एनए-०६१) हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घाइते २९ बर्सिया टङ्क कुमारी उपाध्याय, २४ बर्सिया दुर्गा देवी बिस्ट, ४९ वर्षीय जीर्ण बम र डेढ वर्षीय बालक सिर्जन बिस्टलाई एम्बुलेन्सबाट नेपालगन्ज पठाइएको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.