
गणेश मौनी ,डोटी :किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एक दिने पुर्नताजगि तथा अन्तरक्रिया कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय डडेलधुराको समन्वयमा सामुदायीक बिकास मञ्च डोटी र आईपास नेपालको संयुक्त साझेदारीमा संचालित सुरक्षित गर्भपतन सुढृढीकरण परियोजना अन्तरगत कार्यक्रमको आयोजना गरिएको थियो ।
किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी दिनुका साथै उनिहरुले गरेका कामको समिक्षा गर्न पुर्नताजगि कार्यक्रमको आयोजना गरिएको सामुदायिक विकास मञ्च डोटीकी (सिडिएफ) सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना कार्यक्रम अधिकृत मधु पोख्रेलले बताईन् ।
किशोर किशोरीहरुले समुह बनाई बिद्यालय स्तरमा कार्ययोजना निमार्ण गरि प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । जस अन्तरगत बक्तीत्वकता प्रतियोगिता, विभिन्न छलफल, अन्तरक्रिया गर्नुका साथै स्वास्थ्य ब्यवस्थापन समितिमा किशोर किशोरी सहभागिताका सवालमा पैरबी गरिरहेका कार्यक्रममा आएका एक सहभागिले बताए ।
सामुदायिक विकास मञ्च डोटीले आइपास नेपालसँगको साझेदारीमा डोटीको सायल र केआईसिंह गाउँपालिका तथा डडेल्धुराको नवदुर्गा र भागेश्वर गाउँपालिकामा सन् २०१८ देखि सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना संचालन गर्दै आईरहेको सामुदायिक विकास मञ्च डोटीका फोकल पर्शन सिद्धराज जोशीले बताए ।
पुर्नताजगि तथा अन्तरक्रिया कार्यक्रममा नबदुर्गा र भागेश्वर गाउँपालिकाका किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।