Sujang

भूकम्प पीडितलाई शिखर नगपालिकाद्वारा साढे तिनलाख आर्थिक सहयोग

डोटी :शिखर नगरपालिकाले भूकम्प पीडितहरुको राहत व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले पूर्वीचौकी गाउँपालिकाको विपद् व्यवस्थापन कोष मार्फत भूकम्प पीडितहरुका लागि तीन लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।

मंगलबार पूर्वीचौकी गाउँपालिका पुगेर नगर प्रमुख दीर्घ बलायरले गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगसँगै शिखर सरकारले भूकम्प पीडित बस्तीमा पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको छ ।

नगर प्रमुख बलायर, उपप्रमुख सुनिता रावल, पूर्वीचौकी गाउँपालिका अध्यक्ष उपाध्याय लगायतको टोली भूकम्पले क्षति पुर्याएको बस्तीमा पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका हुन् । कार्तिकमा गएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँमा मानवीय र भौतिक क्षति भएको थियो । सो ठाउँमा अहिले पनि भूकम्प पीडित त्रिपालमा बस्दै आएका छन् ।

विपद्, महामारीमा स्थानीय सरकारकाबीच समन्वय र सहकार्य हुनुपर्ने नगरप्रमुख बलयरले बताए । हामी तत्काल आफूसँग भएका स्रोत साधन परिचालन गरेर भूकम्प पीडितको उद्धारका लागि खटिएका थियौं,’ उनले भने,’ सोही समयमा नगरबाट सहयोग गर्ने घोषणा गरेका थियौं । कारणवस ढिला भयो । विपद् महामारी कहाँ आउने हो थाह हुँदैन यस्तोबेला स्थानीय सरकार बीच समन्वय र सहकार्य भयो भने सहज हुन्छ ।’ भूकम्प पीडितहरुको समस्या समाधानका लागि तीनै तहका सरकार र गैरसरकारी संस्थाहरुसँग आफूले पनि समन्वय गर्ने नगरप्रमुख बालयरले बताए ।

गाउँपालिका अध्यक्ष उपाध्यायले दुःख र पीडाको समयमा नगरपालिकाले गरेको सहयोग र पीडितको आगनमा पुगेर सहानुभूति प्रकट गरेकोमा धन्यवाद व्यक्त गरे ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.