

प्रकाश बम,डोटी –महाशिवरात्रि तथा सेना दिवसका अवसरमा डोटीमा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ ।
शुक्रवार सेना दिवसका अवसरमा भैरव प्रसाद गणको आयोजनमा उडिलोता देखि टुँडिखेल सम्म ५ कि.मी. दौड प्रतियोगिता गरिएको हो ।
खप्तड –शैलेश्रवरी प्रथम अन्तर विद्यालय दौड र रन फर फन प्रतियोगिता गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए ।
अन्तर विद्यालय दौड प्रतियोगिता छात्रतर्फ सुनादेवी माध्यमिक विद्यालय लडागडा सुरेश साउँदले ११ मिनेट २९ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरे ।
त्यस्तै ११ मिनेट ५५ सेकेन्डमा पार गर्दै द्धितिय स्थान पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयका सिलगढीका दिलेन्द्र बोहरा हासिल गरे ।
त्यस्तै १२ मिनेट ५ सेकेन्डमा पार गर्दै तृतीय स्थान पवित्र आवासीय माध्यमिक विद्यालय सिलगढीका टेकेन्द्र कडायतले हात पारे ।
प्रथम, द्धितिय र तृतीयलाई क्रमशः नगद रु १५००, मेडल तथा प्रमाण पत्र, नगद रु १०००, मेडल तथा प्रमाण पत्र र नगद रु ५००, मेडल तथा प्रमाण पत्र वितरण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।
त्यस्तै छात्रातर्फको दौडमा सुनादेवी मा.वि. लडागडा डोटीका विस्ना साउँद १४ मिनेट ४८ सेकेन्डमा पार गर्दै प्रथम स्थान ओगट्न सफल भइन् ।
त्यस्तै तेडी मा.वि. कनेला डोटीका अवसरा साउँदले १५ मिनेट २५ सेकेन्डमा पार गर्दै द्धितिय स्थान ओगट्न सफल भइन्।
त्यस्तै अरुणोदय आधारभूत विद्यालय उडिलोता डोटीका सपना विश्वकर्मा १६ मिनेटमा पार गर्दै तृतीय स्थान ओगट्न सफल भइन् ।
प्रथम, द्धितिय र तृतीयलाई क्रमशः नगद रु १५००, १०००, ५०० र मेडल तथा प्रमाण पत्र वितरण गरिएको सेनानी सन्तोष चन्दले जानकारी दिए ।
त्यस्तै (वाक थुन) रन फर फन प्रतियोगितामा प्रथम पुरुष तर्फ प्रदीप ओझा र महिला तर्फ पत्रकार सरिता कठायत भएकि हुन् । दुवैलाई सान्त्वना पुरस्कार र प्रमाण पत्र वितरण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।
उक्त प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का, श्री नं. ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दिपेश जंग शाह, नेपाली सेना सैनिक श्रीमती संघ, श्री नं. ५ बाहिनी अड्डा सल्लाहकार कृष्णा शाह, भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी बल नेपाल नं.३६ गणका सशस्त्र प्रहरी उपरीक्षक राजु गौतम, अन्य सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुखहरू, पत्रकार, १० वटा विद्यालयहरूका छात्र÷छात्रा–२० जना, भैरव प्रसाद गणका सकल दर्जा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
सेना दिवसका अवसरमा सेनाले यस अघि टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना समेत गरेको थियो ।
