Sujang

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिमको उप-प्रमुख साउँदद्वारा उद्घाटन 

Ban
बिक्रम खड्का ,डोटी : तीन महिने व्युटिपार्लर सम्बन्धी तालिमको दिपायल सिलगढी नगरपालिका डोटीका उप-प्रमुख कलावती महर साउँदले उद्घाटन गर्नुभएको छ ।
दिपायल सिलगढी नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त रूपमा सञ्चालित ३ महिने व्युटिपार्लर सम्बन्धी तालिमको उप-प्रमुख साउँदले गरेकि हुन् ।
घरेलु तथा साना उद्योग राजपुर डोटी र दिपायल सिलगढी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० स्वीकृत बजेट बाट सञ्चालन गर्ने गरी तालिम ३ महिना सम्म सिलगढीमा सञ्चालन गरिने भएको छ।
Krishi
यस्ता तालिमले जीविकोपार्जनमा सुधार ल्याउनुका साथै आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगर उप-प्रमुख  साउँदले बताइन् ।
तालिम लिए पश्चात् यहाँहरूको जीवनमा परिवर्तन हुने कुरामा आफू विश्वत रहेको उनले बताइन् । उनले भनिन् ,´ जुन उद्देश्यका साथ तालीममा सहभागी हुनु भएको छ । सोही अनुरूप नियमित तालीममा सहभागी हुन अनुरोध गरिन् ।`
तिन महिना कटाउने हिसाबले तालीम सहभागी नभएर सिपलाई पूर्ण रूपमा सिकेर व्यवसायिक रूपमा अगाडी बढाउन घरेलु तथा साना उद्योग कार्यालय राजपुरका कार्यालय प्रमुख दीपेन्द्र शाहले सहभागीहरुलाई अनुरोध गरे।
तिने महिने ब्युटिपार्लर तालीमको प्रशिक्षक अमिता गुरुङ रहने गरी  दिपायल सिलगढी नगरपालिका विभिन्न वडाका १० जना महिला तथा युवतीहरूको सहभागिता रहेको  दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत  डिल बहादुर महराले जानकारी दिए।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.