Sujang

स्थानीय योजना तर्जुमा प्रकृया बारे अभिमुखिकरण सम्पन्न

Ban

गणेश मौनी :डोटीको पुर्विचौकी गाउँपालिकामा पालिका स्तरीय बाल क्लब संजाल गठन तथा बालबालिकाहरुलाई स्थानीय योजना तर्जुमा प्रक्रीया बारे दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Krishi

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्र डोटीले गाउँपालिका संगको समन्वयमा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत बालबालिकाहरुलाई अभिमुखिकरण गरिएको समान पहुच बिकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
मंगलबार दुई दिने कार्यक्रमको समापन गर्दै पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपती खड्काले बालबालिकाहरुले आफुसंग सम्बन्धीत विषय बस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले भने बालबालिकाहरुले सामुहीक रुपमा बालक्लब संजाल मार्फत योजना सहित पालिकामा आए सहयोग गर्न सकिने समेत बताईन । पुर्विचौकी गाउँपालिकाका बालबालिकाहरुलाई बाल बालिकाको अधिकार र योजना तर्जुमा प्रक्रियाको बारेमा जानकारी दिएकोले समान पहुच बिकास केन्द्रलाई धन्यबाद समेत दिएकी थिईन् ।

पालिकामा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सबै वडाबाट २७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पुर्विचौकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनोद भट्टले गरेका थिए । कार्यक्रम पालिकामा आयोजना गरिएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.