Sujang

डोटीमा सडक भत्काएर ठेकेदार फरार

Ban

गणेश मौनी :डोटीको शिखर नगरपालिका –१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा गर्ने र एक लियर माथिबाट थप्ने ठेक्का लिएको निमार्ण कम्पनी सडक भत्कायर बेपत्ता रहेको छ ।
के आई सिंह राजमार्ग अन्तरगत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डा खुल्डी भर्ने, सडक माथी एक लियर थप्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दिपायल र आशिष कंन्स्ट्रक्सन कम्पनी प्रालि, कैलाली बीच २०७८ साल कात्तिक २६ गते ठेक्का सम्झौता भएको थियो । सोही ठेक्का अनुरुप बानेडुग्रीसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर डाउन गरी लामो समय देखि निर्माण कम्पनी सम्पर्क बिहीन बनेको छ ।
शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका स्थानीय नरेन्द्र बिष्टले सडक बनाउने भन्दै भत्काएर जादाँ समस्या उत्पन्न हुने गरेको बताए । उनले भने सडक चौडा गर्ने नाममा भएको सडक पनि भत्काएर झन साँगुरो बनाएर गए । ‘कि त यो सडक भत्काउनु नहुने, भत्काईसकेपछि बनाएर छोड्नु पर्ने’ थियो । ‘नेता, कर्मचारी, ठेकेदार सवै मिलेपछि जनताले यस्तै दुःख पाउँछन् ।’
उनि मात्र होईनन् अर्का स्थानिय रमेश बलायरले पनि सडक भत्काएर दुर्घटनाको जोखिम बढाएको बताए । ‘यो रोड भत्काएको एक बर्ष पुरा भयो, चौडा बनाउने भनेका थिए भत्काएर गए, फर्केर आएनन् । ।उनी भन्छन् ‘सडकको दुवैतिर भएको कालोपत्रे समेत भत्काएर गहिरो बनाई छोडेका बताए ।

Posan
Krishi

निमार्ण कम्पनीका ठेकेदार सम्पर्कमा नरहेको सडक डिभिजन कार्यालय कुलपाते दिपायलका सूचना अधिकारी ईन्जिनियर रामचन्द्र जैशीले बताए । उनी भन्छन् ‘हामीले ठेकेदारलाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउँदैनन्, कहिले काँही फोन उठाई हाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर आउँदैनन् ।’
मध्य पहाडी लोकमार्ग आवधिक मर्मत कार्य अन्तरगत ४ करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकमा जम्मा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको समेत ईन्जिनियर जैशीले बताए । उनी भन्छन् ‘१३ प्रतिशत बित्तीय प्रगति भएको छ ।’ निर्माण व्यवसायीले कहिले केही, कहिले केही बहाना बनाई रहेको समेत जैशी बताउन्छन् ।

सडक निमार्ण गर्न अर्को व्यक्तिलाई निमार्ण कार्यको जिम्मा दिएकोले काममा ढिलाई भएको निर्माण कम्पनी आशिष कंन्स्ट्रक्सन प्रालिका संचालक टेकवहादुर सेठीले बताए । उनि भन्छन् ‘मैले अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ, उहाँको घरमा समस्या परेकाले काम हुन सकेन ।’ उनी आफुले आश वहादुर गुरुङ्गलाई सम्पूर्ण काम गर्न जिम्मा लगाएको वताउँछन् । कम्पनीको तर्फबाट सम्पर्क व्यक्ति, ठेक्का सम्झौता गर्ने, सवै जिम्मा उहाँकै हो’ सेठीले भने ‘काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अव एक साताभित्रै काम सुरु हुन्छ ।’
निमार्णको काम २०७९ साल बैशाख ३० गते भित्र सम्पन्न गरिसक्नु पर्ने थियो । पहिलो पटक ठेक्का सम्झौताको म्याद सकिएको भोली पल्ट अर्थात् २०७९ साल बैशाख ३१ गते निमार्ण कम्पनी सडक डिभिजनमा म्याद थपकोे लागि पुगेको थियो । सडक डिभिजनले २०८०, जेठ मसान्त सम्मका लागि पुःन म्याद थप गरेको छ । म्याद थप भएको नौ महिना बित्दा समेत निर्माण व्यवसायी काम गर्न फिल्डमा फर्केका छैनन् ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.