Sujang

बालबालिकाको बृहत्तर क्षमता विकासका लागि प्रशिक्षण तालिम सम्पन्न

गणेश मौनी ,डोटी: बालबालिकाहरुको बृहत्तर क्षमता विकास गर्न सहजकर्ताहरुलाई चार दिने प्रशिक्षक प्रशिक्षण तालिम आईतबार दिपायलमा सम्पन्न भएको छ ।

वल्र्ड भिजन ईन्टरनेशन नेपाल र सामुदायिक विकास केन्द्र, डोटीको साझेदारिमा संचालित समावेशि तथा गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत माघ ५ गते देखि संचालन भएको तालिमको एक कार्यक्रमका बिच सम्पन्न भएको सामुदायीक बिकास केन्द्र डोटीका फिल्ड अधिकृत शिद्धराज जोशीले बताए ।
चार दिन सम्म संचालन भएको तालिममा लैंगिक हिंसा, बालबिबाह, वित्तिय अनुशासन, प्रकोप जोखिम न्यूनिकरण, भूकम्प र पहिरोको कृतिम घटना अभ्यास, सरसफाई र पढाईको महत्वको बारेमा जानकारी गराईएको समेत फिल्ड अधिकृत जोशीले बताए ।

तालिमबाट बालबालिकाहरुको चौतर्फि बिकास गर्न आवश्यक पर्ने नयाँ तरिका, बिधी र विषय बस्तुको बारेमा जानकारी भएको तालिममा सहभागि जयपृथ्बीनगरपालिका ७ बझाङकी शारदा उपाध्यायले बताईन् । उनि मात्र होईनन् तालिममा अर्का सहभागि डोटी आदर्श गाउँपालिका २ की गौरी ओझाले पनि तालिमबाट बालबालिकाहरुको समग्र बिकास गर्नका लागि अपनाउनु पर्ने बिधीहरुको बारेमा जानकारी भएको बताईन् । उनले आफुले सिकेका कुराहरु गाउँमा गएर बालबालिका र अभिभावकहरुलाई जानकारी गराउनुका साथै ब्यवहारमा कार्यान्वयन गर्ने समेत बताईन् ।

चार दिन सम्म संचालन भएको तालिममा डोटी र बझाङ्ग जिल्लाका २७ जना सहजकर्ताहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण वल्र्ड भिजन ईन्टरनेशन नेपालका कृष्ण तिवारि, मनोज विष्ट र तुंगतधोज चौधरी र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका रुपक कठायतले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.