माघ ८ गते ,डोटी : डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको नब बिहानी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: अर्जुन बलायर सर्ब सम्मत चयन भएका छन् ।
शनिबार संस्थाको १२ औं साधारण सभा पश्चात छलफलबाट अध्यक्षमा बलायर सर्बसम्मत चयन भएका हुन ।
त्यस्तै उपाध्यक्षमा चेतराज जोशी, सचिबमा दिप बहादुर बलायर, कोषाध्यक्षमा कलावती भण्डारी चयन भएका छन् ।
त्यस्तै गरि सदस्यहरुमा देब बेलाल, शान्त बलायर, बिमला खड्का, गिता भट्ट र अमर बिष्ठ सर्बसम्मत रुपमा चयन गरिएको छ ।
स्थापना कालमा २९ जना शेयर सदस्यसहित १ लाख ४५ हजार लगानीमा सुरुवात गरेको सहकारी संस्थामा हाल ८ सय ८१ जना शेयर सदस्यहरु रहेका छन् ।
सहकारी संस्थाको कुल कारोबार पुजी १ करोड ९० लाख रहेको संस्थाले जनाएको छ ।
नयाँ चयन भएको समितीको कार्यकाल तिन बर्षको रहनेछ ।