गणेश मौनी, डोटी :वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्र डोटीले आयोजना गरेको पाचँ दिने बाल संरक्षण तथा आत्मरक्षा सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सिलगढीमा सम्पन्न भएको छ ।
आदर्श गाउँपालिका अन्र्तगत रहेका साथी शिक्षकहरुलाई दैनिक जिवनमा आईपर्ने विभिन्न ब्यवहारीक ज्ञानहरुको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरेको समान पहुचँ विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
पाचँ दिन सम्म संचालन भएको तालिममा बाल अधिकार, विश्वासीलो ब्यक्ती पहिचान, प्रभावकारी सञ्चार सिप, ब्यक्तिगत सरसफाई, कुलतबाट बच्ने उपायहरु, महिनावारीको समयमा गरिने सरसफाई तथा ब्यवस्थापन, बालबिबाह, यौनजन्य हिंसा र आत्मरक्षाका सिपहरुको बारेमा लागएत विभिन्न विषयमा छलफल गरिएको समेत परियोजना संयोजक जोशीले बताए ।
तालिममा सिकेका कुराहरुलाई आफुले ब्यवहारमा कार्यान्वयन गर्नुका साथै गाउँघरमा अरुलाई पनि सिकाउन आवश्यक रहेको वल्र्डभिजन ईन्टरनेशनल नेपालका स्पोन्सरसिप फिल्ड कोडिनेटर गांगी बलायरले बताए । उनले भने जिबन उपयोगि शिपहरुको बारेमा हरेक बालबालिकालाई जानकारी दिनु आवश्यक छ ।
तालिमको समापन गर्दै फिल्ड कोडिनेटर बलायरले प्रत्येक स्थानिय सरकारले बालबालिकाहरुलाई आत्मरक्षा सम्बन्धीको ज्ञानको बारेमा जानकारी दिन आवश्यक निती तथा बजेटको ब्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।
तालिममा आर्दश गाउँपालिका अन्र्तगतका १६ जना साथी शिक्षकहरुको सहभागि रहेको थियो जसमा १२ जना दर्ता भएका आर सि बालबालिकाहरु समेत रहेका थिए । तालिम पुस २९ गते देखी माघ ३ गते देखि सिलगढीमा संचालन भएको थियो ।
तालिमको सहजिकरण एस. ए. एम. मल्टीप्रप्रोज प्रा.ली. धनगढीका मन्दीप सुरी र तेज नागरिकले गरेका थिए ।