डोटी :हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रवार दिपायलमा हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो।
सहकारी संस्थाको लगानी पाँच करोड १० लाख ८४ हजार ८ सय ७७ रहेको कोषाध्यक्ष खडक विक्रम शाहीले बताए । पाँच सय ६७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ५१ लाख ९३ हजार पाँच सय ५० र बचत चार करोड ६२ लाख ८ हजार ४ सय ५६ रुपैयाँ रहेको छ । जगेडा कोष २४ लाख ६७ हजार ४ सय २४ रहेको छ ।
२०६५ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ९ जनाको कार्यसमिति रहेको छ ।
साधारण सभा कार्यक्रममा संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष शाहीले प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक शंकर बहादुर कठायतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक साधारण सभामा बोल्दै दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कल्पना साउँदले सहकारीले विभिन्न व्यावसायिक कार्यहरू गरिरहेको बताउँदै नीति र नियम सङ्गत अझ विस्तार गर्न तर्फ संस्थाको ध्यान आकर्षण गराइन् । उनले नगरपालिकासँग समन्वय गर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताइन् । संस्थाका अध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्य ,पत्रकार , कलाकार लगायतको उपस्थिति रहेकोे थियो ।