

गणेश मौनी ,पुस २६ डोटी :सामुदायीक बिकास केन्द्र डोटीले सायल गाउँपालिकाका भूकम्प प्रभाबितहलाई न्यानो कपडा सहित राहातको प्याकेज सहयोग गरेको छ ।
लुथरन वल्र्ड फेडरेसनको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले पहिलो चरणमा सायल गाउँपालिकाका ५० जना भूकम्प प्रभाबितहरुलाई न्यानो कपडा सहित राहतको प्याकेज सहयोग गरेको सामुदायिक विकास केन्द्र डोटीकी भावना सिंहले बताईन् । सहयोग सामग्रीमा २ थान त्रिपाल, ४ थान न्यानो टोपी, २ थान ब्लान्केट, २ थान सल, १ थान डस्टबिन, र १ सेट हाइजिन किट र १ थान कार्पेट रहेको छ ।
सायल, आदर्श, पुर्बिचौकी गाउँपालिका र शिखर नगरपालिकाका कम्तिमा १ सय जना भूकम्प प्रभाबित परिवारलाई राहात प्याकेज सहयोग गर्ने कार्यक्रम रहेको सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । उनले भने हामीले आफ्ना राहातका होस वा अन्य जुनसुकै कार्यक्रमहरु संचालन गर्दा वडा, पालिकासंगको सहकार्यमा संचालन गरिरहेको र आगामीदिनमा पनि सहकार्यलाई निरन्तरता दिने समेत अध्यक्ष जोशीले बताए । राहातको प्याकेज डोटीका चार वटा स्थानिय तहमा बितरण गर्ने कार्यक्रम रहेको भएपनी सायल र पुर्बिचौकी गाउँपालिकामा बढी क्षती भएकोले दुई पालिकालाई बढी प्राथमीकता दिने समेत बताए ।
भूकम्पबाट पूर्ण रुपमा क्षती पुगेका परिवारका लागि संरचना निमार्णमा पनि सहयोग गरिने लुथरन वल्र्ड फेडरेसनका प्रदेश प्रबन्धक मान सिंह खत्रीले बताए । उनले भने हामीले पहिलो चरणमा राहातको प्याकेजमा केही सामाग्री सहयोग गरेका छौ आगामी दिनमा डोटीको पुर्बिचौकी र सायल गाउँपालिकालाई प्राथमिकतामा राखी प्रभाबित परिवार लाई अस्थाई घर र शौचालय निमार्णमा सहयोग गर्ने समेत प्रदेश प्रबन्धक खत्रीले बताए ।
सामुदायीक बिकास केन्द्र डोटीले सायल गाउँपालिकामा रहेका भूकम्प प्रभाबितहरुलाई सहयोग गर्दा पालिकालाई पनि राहात पुगेको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए । उनले भने सायल गाउँपालिकामा भूकम्पले गर्दा धेरै घरपरिवार प्रभाबित भएका छन, पालिकासंग ब्यवस्थापन गर्ने धेरै श्रोत छैन बिभिन्न संघ संस्थाहरुलाई सहयोगको लागि अपील गर्दैछौ ।
सायल गाउँपालिकाका भूकम्प प्रभाबितहरुलाई सहयोग गरेकोमा सामुदायीक विकास केन्द्र डोटी र लुथरन वल्र्ड फेडरेसन नेपाललाई अध्यक्ष जोशीले धन्यबाद समेत दिएका थिए ।
सायल गाउँपालिकाबाट सुरुवात भएको राहात प्याकेज सहयोग कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, वडा नम्बर ४ र ५ का वडा अध्यक्ष, स्थानियको सहभागिता रहेको थियो । राहात प्याकेज सहयोग कार्यक्रम डोटीका अन्य आदर्श र पुर्विचौकी गाउँपालिका र शिखरनगरपालिकामा पनि संचालन हुने सामुदायीक बिकास केन्द्र डोटीले जनाएको छ ।
२०७९कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ मा दर्जनौ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।
