Sujang

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४२ जना लाभान्वित

गणेश मौनी ,पुस २६ ,डोटी:डोटी सिलगढी स्थित नेपाली सेना भैरब प्रसाद गणले डोटीको शिखर नगरपालिका वडा नम्बर ११ बारबाटामा सोमबार निःशुल्क स्वास्थ्य शिबीरको आयोजना गर्दा २ सय ४२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

सेनाले आयोजना गरेको शिविरबाट १ सय ४७ जना महिला र ७८ जना पुरुष र १७ जना बालबालिकाहरुले सेवा लिएको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले बताए । उनले भने ‘ग्रामीण भेगमा बसोबास गर्ने समुदायको स्वास्थ्य सेवामा सहज पहुच नहुदाँ स्वास्थ्य उपचारबाट बन्चीत हुनु नपरोस स्वास्थ्य सेवामा सहयोग पुगोस भन्ने उद्देश्यले शिबिरको आयोजना गरेको बताए ।’
शिबिर बाट विशेष गरि न्यून आय स्तर भएका, दलित, गरिब घरपरिवारहरु बढी लाभान्वित भएको अपेक्षा गरिएको समेत प्रमुख सेनानी कार्किले बताए ।

शिविरमा पुरुषहरुको तुलनामा महिलाको उपस्थिती बढी देखिएको छ । सेवा लिन आउने अधिकांश सेवाग्राहीको सुगर, प्रेसर, हाडजोर्नि दुख्ने, नसा सम्बन्धी ढाड दुख्ने जस्ता समस्याहरु देखिएको टोलीमा सहभागि नम्बर ५ फील्ड एम्बुलेन्स राजपुरका सह सेनानी डा. किसोर थापाले बताए । उनले भने शिविरमा सेवा लिन आउनु भएको मध्य त्यस्तो धेरै जटील रोगले ग्रसित त कोही भेटीएनन् तर सामान्यतय उपचार गरेपछी ठिक हुने लक्षणका बिरामीहरु घेरै भेटीए उपचार पछी ठिक हुन्छ ’ ।

स्वास्थ्य परिक्षण गरिएका मध्य १०,१२ जना मुटु सम्बन्धी, अन्य अपे्रसनको प्रक्रियाका लागि थप उपचार गर्नुपर्ने देखीएकोले उनिहरुलाई थप उपचारको लागि जिल्ला अस्पताल डोटीमा जान सुझाब दिएको समेत सह सेनानी डा. थापाले बताए ।

महिलाहरुमा पेट दुख्ने सम्बन्धी समस्या,नसा, छाला, ढाड दुख्ने, जस्ता रोगहरु भएका बिरामीहरु बढी देखिएको शिविरमा संलग्न सहभागि जिल्ला अस्पताल डोटीका डा. सोहन शाहले बताए । उनले भने ‘उपचारको क्रममा हेर्दा समान रुपका लक्षण भएका बिरामीहरु बढीछन् चेकजाँच पछी औषधी उपलब्ध गराएका छौ सन्चो पक्कै हुन्छ’ उपचार गरेका मध्य केही थप उपचारको लागि स्वास्थ्य संस्थामा जान सुझाब दिएको समेत डा.शाहले बताए । शिबीरमा चार जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पालान्ट सेवा लिएको समेत डा. शाहले बताए ।

निशुल्क स्वास्थ्य शिबीरमा रुघाखोकी ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा शरिरका जोर्नि दुख्ने सम्बन्धी ब्यल प्रेसर, सुरग, र महिलाहरुको प्रजजन स्वास्थ्य सम्बन्धी सेवाहरु उपलब्ध गराएको भैरब प्रसाद गणका नागरिक समन्वय अधिकृत सेनानी सुजन थापाले जानकारी दिएका छन् । शिबीरमा सेवा ग्राहीलाई निशुल्क रुपमा आवश्यक औषधीहरु उपलब्ध गराएको थियो ।

भैरब प्रसाद गणले सैनिक श्रीमती संघ, जिल्ला अस्पताल डोटी , कृर्षी ज्ञान केन्द्र डोटी र नेपाल परिवार नियोजन डोटी शाखाको समन्वयमा निशुल्क स्वास्थ्य शिबीरको आयोजना गरेको थियो ।
निशुल्क स्वास्थ्य शिबीरमा डिभिजन बन कार्यालय र कृर्षि ज्ञान केन्द्रको समन्वयमा कृर्षि सम्बन्धी बिउ बिजन र विभिन्न प्रकारका बोटविरुवाहरु श्री शैनिक श्रीमती संघ नम्बर ५ बाहीनी सल्लाहाकार श्रीमती कृष्णा शाहले सेवाग्राहीलाई बितरण गरेको समेत भैरब प्रसाद गणले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.