Sujang

लगनशील महिला सानाकिसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

Ban
डोटी :डाेटिकाे सायल गाउँपालिकामा रहेको लगनशील महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १० औँ साधारण सभा सम्पन्न भएको छl
शनिवार एक बिच लगनशील महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १० औँ साधारण सभा सम्पन्न गरिएको हो।
साधारण सभामा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष धर्मराज जोशीले साधारण सभाको उद्घाटन कार्यक्रम बोल्दै स्थानीय स्तरमा लगनशील सहकारी जस्ता सहकारीको आवश्यकता रहेको बताए ।
सहकारीलाई अझै नमुना सहकारी बनाउन सुझाव दिँदै  पालिकाको तर्फबाट हुने सहयोग गर्ने अध्यक्ष जोशीले बताए ।
साधारण सभामा बोल्दै सायल गाउँ पालिका उपाध्यक्ष निर्मला ओलीले महिलालाई गोलबद्ध गर्न सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।
सुरुआतमा २९ जना महिला भेला गरी स्थापना गरिएको सहकारीमा अहिले १ हजार महिला सदस्य आबद्ध रहेका छन् I
गाउँपालिका भित्र ३५ वटा समूह गठन गरी सहकारीले विभिन्न सामाजिक काममा अग्रसरता देखाउन थालेको अध्यक्ष सृजना डुम्रेलले बताइन् ।
विभिन्न टोलमा ५ वटा खानेपानी योजना तथा विभिन्न गाउँ टोलमा बाख्रा तथा भैँसी वितरण गरिएको अध्यक्ष डुम्रेलले बताइन् ।
सहकारिले  ट्रस्ट सहितका पोली हाउस निर्माणकार्य गरेको थियो ।
सहकारीको भवन निर्माण गर्न  सुदूर पश्चिम सरकार, सायल गाउँ पालिका र आर.भी.डब्ल्यु.आर.एम.पी.को  सहयोग रहेको समेत अध्यक्ष डुम्रेलले  बताइन् ।
सहकारी संस्थाको साधारण सभामा जनप्रतिनिधि,महिला समूह,सेयर सदस्य, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.