Sujang

सेती नदीमा बगेर डोटीमा एक जनाको मृत्युु

डोटी : सेती नदीमा बगेर डोटीमा एक जनाको मृत्युु भएको छ ।

शनिवार दिपायल सेती पुल नजिक नुहाउने क्रममा बगेर एक जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दिपायल सिलगढी नगरपालिका – ४ पिपल्लाका जोगी बिकका ३२ वर्षिय छोरा तेज बिकको मृत्युु भएको हो ।

दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियो ।

बेहोस अवस्थामा फेला परेका बिकलाइ उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र डाक्टरले ४ बजेतिर मृत घोषणा गरेको सुचना अधिकारी भट्टले बताए।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.