Sujang

पूर्वीचौकीका अध्यक्षले भेटे प्रधानमन्त्री ,भूकम्प पीडितको पुनर्स्थापना गर्न माग

डोटी :डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड सँग भेट गर्नुभएको छ ।

शुक्रवार अध्यक्ष उपाध्यायले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै गत कार्तिक २३ गते बिहान गएको भूकम्पबाट गाउँपालिकामा भएको क्षतिको बारेमा जानकारी गराएका हुन् ।

भेटमा क्रममा भूकम्पका कारण हुन गएको मानवीय र भौतिक क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत तथा पुनर्स्थापना कार्यलाई छिटो, सहज र प्रभावकारी तवरले अगाडि बढाई सहयोग गरिदिन आग्रह गरेको अध्यक्ष उपाध्यायले बताए ।

भूकम्पले घर भत्काउँदा च्यापिएर पुर्विचौकी गाउँपालिका – ३ गैरागाँउका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । पुर्विचौकी गाउँपालिकाका एक हजार ५० घरमा पूर्ण क्षति भएको जनाएको छ ।

हाल उप–सचिव धुव्र बहादुर खड्का नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीले क्षतिग्रस्त स्थलको अवलोकन तथा सर्वेक्षण गरिरहेको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.