Sujang

पत्रकार कठायत र ऐरद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका साथै ‘जग्गा खरिद’का लागि आर्थिक सहयोग

पुष २२ गते ,डोटी-नेपाल प्रेस युनियनका प्रदेश पार्षश द्धय चक्र सिं कठायत र दान सिँ ऐरले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गर्न लागेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका साथै जग्गा खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

शुक्रबार रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा प्राविधिक अधिकृतका रुपमा कार्यरत द्धय कठायत र ऐरले ‘तेजु स्मृति अक्षय कोष’ स्थापना र जग्गा खरिदकाका लागि ६ हजार १ सय २५ रुपैंया ÷६ हजार १ सय २५ रुपैंया सहयोग गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गर्न लागेको हो ।

कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका लगायतका अबसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि दुईलाख बिस हजार रकम संकलन भएको शाखाका कोषाध्यक्ष चक्र मल्लले जानकारी दिए ।

 

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
उनले भने,‘ कार्यविधि तयार गरेर माघ महिनाको पहिलो साता भित्र अक्षय स्थापना गरी सक्ने निर्णय गरेका छौं । त्यसै अनुरुप काम अगाडी वडाएका छौ ।’

उनले थपे,‘ अक्षयको कोष स्थापना संगै अव हामिले भौतिक संरचना निर्माणका लागि जुटेका छौं । त्यसका लागि विहिवार बसेको युनियनको वैठकवाट शुरुमा जग्गा खरिद गर्ने निर्णय गरेका छौं । जग्गा खरिदका लागि युनियनकर्मिबाट सहयोग अभियान संञ्चालन गरेका छौं। त्यसका लागि अक्षय कोष जस्तै स्वःर्फुत रुपमा सहयोगिहातहरु जुटि रहेका छन् ।’

 

स्व. पत्रकार खड्कालाई अमर राख्ने र युनियनको जग्गा खरिद गर्ने शाखाको अभियानलाई सहयोग गरेकोमा द्धय पत्रकारलार्ई अध्यक्ष बमले धन्यबाद व्यक्त गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.