Sujang

डोटीको जोरायलमा रहेको नवोदय माध्यमिक विद्यालयलाई दुई तारे विद्यालय घोषणा 

रश्मि कुँवर – डोटीको जोरायल गाउँपालिका -५ गड्सेरामा रहेको  नवोदय माध्यमिक विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा दुई तारे विद्यालय घोषणा गरिएको छ।
मंगलबार एक कार्यक्रमका बिच विद्यालयलाई खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा दुई तारे विद्यालय घोषणा तथा हस्तान्तरण गरिएको हो।
जोरायल गाउँपालिका र युनिसेफको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रमले खानेपानी सरसफाइ तथा स्वच्छतामा विभिन्न सूचकहरू पूरा गरे पश्चात् विद्यालयलाई  दुई तारे विद्यालय घोषणा गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर खत्रीले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित पिउने पानी, प्रयोग मैत्री सुधारिएको सफा शौचालय र  स्वास्थ्यकर आनिवानी अपनाउँदै बालबालिकाको स्वस्थ्य वातावरणमा पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्दै विद्यालय परिवारको पूर्ण सहभागीमा नेपाल सरकारले लिएको विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य प्राप्तिकालागी योगदान पुर्‍याउन लागि विद्यालय खानेपानी तथा स्वच्छता कार्यविधि २०७४ दोस्रो संशोधन २०७६ अनुसूची १ मा व्यवस्था भए अनुसार विद्यालयलाई गाउँपालिले दुई तारे विद्यालय घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गा दक्त ओझाले जानकारी दिए ।
पालिका भित्र रहेका विद्यालयको सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तर सुधार लागि पालिकाले विभिन्न कार्यक्रमहरू गरिरहेको अध्यक्ष ओझाले बताए ।
विद्यालयलाई खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा दुई तारे विद्यालय घोषणा तथा हस्तान्तरण कार्यक्रमको अन्तमा विद्यालयका प्रधानाध्यापक हर्क बहादुर रानाले विद्यालयको छात्रा आवास सञ्चालनको माग गर्दै पालिकाका अध्यक्ष ओझालाई ज्ञापन पत्र बुझाएका छन् ।
२०१७ सालमा स्थापना भएको विद्यालयलाई समयको माग सँगै सिटिभिटिद्वारा सम्बन्ध प्राप्त तिन बर्से पशुबिज्ञान संकायका सञ्चालन गरिएको छ । यही पुस ५ गतेको आम भेलाको निर्णय अनुसार विद्यालयमा आवसिय छात्रावास सञ्चालन गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने योजना रहेको हुँदा पालिकाबाट पाँच लाख आर्थिक सहयोग गरिदिन भन्दै प्रधानाध्यापक रानाद्वारा हस्ताक्षर ज्ञापन पत्रमा भनिएको छ।
नवोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष ध्वज बहादुर देउवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि ,अभिभावक ,शिक्षक, राजनीति दल,विद्यार्थी , समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.