डोटीमा संचालन गरिएको महिलाहरुका लागि प्रजनन् स्वास्थ सम्बन्धि एकिकृत नि :शुल्क घुम्ती शिबिरमा ४ सय ६९ जना महिलाले सेवा लिएका छन् ।
शिखर नगरपालिकाको आयोजना तथा परिवार नियोजन संघ डोटी शाखाको प्राबिधिक सहयोगमा विभिन्न मितिमा गरिएको निशुल्क घुम्ती शिबिरमा सेवा लिएको हो।
शिखर नगरपालिकाको कपल्लेकी स्वास्थ चौकी ,मुडेगाउँ स्वास्थ चौकी ,आधारभुत स्वास्थ सेवा केन्द्र छडिमाण्डाै, मुडभरा स्वास्थ चौकी ,तिजाली स्वास्थ चौकी , दानकोट स्वास्थ चौकी , लाटामाण्डाै स्वास्थ चौकी ,बनलेक स्वास्थ चौकी ,बारपाटा स्वास्थ चौकी र आधारभुत स्वास्थ सेवा केन्द्र गोपघाटमा शिबिर सञ्चालन गरिएको शिखर नगरपालिका स्वास्थ शाखा प्रमुख हरिश शाहले बताए ।
विभिन्न स्वास्थ चौकीबाट दिएइएको शिबिरबाट महिलाहरूको पाठेघरमुख क्यान्सर परिक्षण २ सय छब्बीस जना महिला ,रिग प्रेसरी सेवा बीस जना ,गर्भवती महिलालाई भिडियो एक्सरे सेवा एक सय नौजना,यौन रोग उपचार तथा परामर्श सेवा ३१ जना ,इम्पालट सेवा ३५ जना ,कपटि सेवा ६ जना र पाठेघर खसेका पहिलो , दोस्रो र तेस्रो डिग्रीको ४३जनाले सेवा लिएको परिवार नियोजन संघ डोटी शाखाका प्रमुख हरिहर श्रेष्ठले बताए ।
महिलाहरू समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा स्थानीय तह संघ समन्वय गरेर महिलाहरुका लागि प्रजनन् स्वास्थ सम्बन्धि एकिकृत नि :शुल्क घुम्ती शिबिर सञ्चालन गरिने परिवार नियोजन संघ डोटीका सभापति प्रेमा श्रेष्ठले बताइन् ।