Sujang

भूकम्प प्रभावित १५९ जना विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण 

Ban
भक्तराज उपाध्याय, डोटी -पुर्वीचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावित १५९ जना विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ। लुथरन विश्व फेडरेशन  नेपालको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डोटीले भूकम्प प्रभावित  १ सय ५९ जना अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
गाउँपालिकाको बगलेकमा रहेका ४१ जना , गैरागाउँमा ५०जना, सानागाउँमा ३३ जना  र खिरसैनमा ३५ जना दलित परिवारलाई न्यानो कपडा वितरण गरेको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चका अध्यक्ष टिका सीँ नेपालीले जानकारी दिए।
चिसोको मौसम सुरु भएसँगै चिसोबाट बच्नका लागि प्रति परिवारलाई  २ वटा उनको ब्लाङकेट, ४ वटा उनको टोपी, २ वटा उनको सल, १.५ मिटर लामो तथा १.८३ मिटर चौडा कार्पेट म्याट वितरण गरिएको अध्यक्ष नेपाली बताए ।
पुर्वीचौकी गाउँपालिका कार्यवाहक अध्यक्ष बल बहादुर खडकाले पुर्वीचौकी गाउँपालिका वडा नं. ४ मा, पुर्वीचौकी गाउँपालिका – ३ का वडा अध्यक्ष खडक बहादुर धामी, वडा सदस्य धनु चयडा, दलित महिला सदस्य लछु देवी भुल, वडा सचिव कुमार सीँ रावत, पुर्वीचौकी गाउँपालिका -१ का महिला सदस्य सरस्वती देवी साउद, दलित महिला सदस्य खिना देवी कामी, पुर्वीचौकी गाउँपालिका – २ मा कायपालिका सदस्य हर्कमती ओली र दलित महिला सदस्य उजली लुहारले न्यानो कपडा अति विपन्न दलित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
हालसम्म पनि कुनै निकायबाट सहयोग नपाएका विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष नेपालीले बताए  ।
Krishi
वडा कार्यालयसँग समन्वय गरेर लाभान्वित घरको विवरण तयार गरी सामाग्री हस्तान्तरण गरिएको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च अध्यक्ष टिका सीँ नेपालीले बताए।
आगामी दिनमा थप सरसफाइ सामग्री, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाग्री, अस्थायी चर्पी र अस्थायी टहरा बनाउन सहयोग गर्ने योजना रहेको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च सचिव डम्बर सीँ डौडीले बताए।
गत कार्तिक २३ गते  खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प  गएको थियो ।
जसले गर्दा  पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरा गाउँका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.