डोटी -सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले दुई कोठे भवनको शिलान्यास गर्नु भएको छ। बिहीबार डोटीको शिखर नगरपालिका -१ कफल्लेकी स्थित भगवती आधारभूत विद्यालयमा निर्माण हुन लागेको २ कोठे भवनको शिलान्यास गर्नुभएको हो ।
राज्यमन्त्री रैकाको विशेष पहलमा सामाजिक विकास मन्त्रालयको सहयोगमा बिकट दलित बस्तीमा उक्त विद्यालयमा भवन निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर,पूर्व मेयर सिताराम जोशी,वडा अध्यक्ष दीपक बोगटी लगायतको सहभागिता रहेको थियो ।