Sujang

९बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ डोटीको १३ औं साधारण सभा सम्पन्न 

सिलगढी : ९ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ डोटी शाखाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
घोषणा पत्रमा पत्रकार महासंघको सदस्यता शुद्धीकरणमा जोड दिने, जिल्लाका भूकम्प पीडितको पुर्नस्थापना एवं राहतका लागि सञ्चार क्षेत्रबाट पहल गर्ने,  मोफसलमा पत्रकारिताको दिगो विकास, पत्रकारको क्षमता विकास गर्न प्रतिबद्ध  सहितका विभिन्न बुँदा समेटिएको घोषणा पत्र जारी गर्दै साधारण सभा सिलगढीमा सम्पन्न भएको हो ।
यस्तै घोषणा पत्रमा पत्रकारिताको विकास र पत्रकारिता शिक्षाका लागि जोड दिने, पश्चिमसेती, खुटिया दिपायल दुईरत मार्गको निर्माण, खप्तड क्षेत्रको विकासमा र प्रवर्द्धनमा जोड दिन सरकारसँग आग्रह गर्ने सरकार तथा त्यस मातहतका सेवा प्रदायक संघ संस्थाहरूलाई पारदर्शी, सुशासनमैत्री, मिडिया मैत्री, जबाफदेही बनाउन ध्यानाकर्षण गर्ने जिल्लाको समृद्धि तथा विकासका लागि सरकारी, गैरसरकारी लगायतका क्षत्रहरुसँग सहकार्य समन्वय गर्ने र साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने, सहभागिता जनाउने र महासंघको संस्थागत विकासमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्ने उल्लेख छ ।
साधारण सभामा महासंघको संस्थागत एवं साङ्गठनिक विकासमा योगदान दिएका  नेपाल पत्रकार महासंघ डोटीका पूर्व सभापति उद्धव ढाँट,पूर्व अध्यक्ष दिल बहादुर छत्याल, टेकेन्द्र देउवा, मीन बम,योगेन्द्र बलायरलाई  सम्मान गरिएको छ ।
शाखाका पूर्व अध्यक्षहरूलाई सम्मानपत्र, दोसल्ला तथा मालाले सम्मान गरिएको थियो ।
शाखाको भौतिक, संस्थागत विकासमा सहयोग गर्ने एवं पत्रकारको स्वास्थ्य उपचार एवं यातायातमा छुटदिने र समन्वय गर्ने संघ संस्थालाई सम्मान गरिएको शाखाका अध्यक्ष मोहन शाहीले बताए ।
साधारण सभामा शाखाका सचिव पवन महराले साङ्गठनिक र कोषाध्यक्ष चक्र कुँवरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै शाखाले घोषणा पत्र  जारी गरेको अध्यक्ष शाहीले बताए ।
शाखाका अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह प्रमुख अतिथि थिए ।
वार्षिक साधारण सभामा दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सीँ खड्का,शिखर नगर पालिकाका नथर प्रमुख दीर्घ बलायर, उप प्रमुख सुनिता रावल जोरा, नेपाल महासंघका केन्द्रीय सदस्य द्वय भरत शाह, उत्तर विष्ट, पत्रकार महासंघ सुदूर पश्चिम अध्यक्ष योगेश रावल, पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल, प्रेस युनियनका डोटीका अध्यक्ष प्रकाश बम,प्रेस सेन्टर सचिव किरण धामी , गैसस प्रतिनिधि एकराज बडू,निर्माण व्यवसायी संघका अध्यक्ष घनश्याम पाठक, डोटी उघोग वाणिज्य संघका महासचिव दीपक खड्का, नेपाली काँग्रेसका सचिव नारायण बलायर,नेकपा माओवादी केन्द्रका प्रतिनिधि तेज डुम्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Salmuni
Leave A Reply

Your email address will not be published.