Sujang

स्वास्थ्य स्वयंमसेबिका संगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

मंसिर २१, डोटी -डोटीको केआई सिंह गाउँपालिका वडा ४ अन्र्तरगत रहेका महिला स्वास्थ्य स्वयंम सेवीकाहरुसंगको अन्र्तक्रिया कार्यक्रम वायल स्वास्थ्य चौकीमा मंगलबार सम्पन्न भएको छ ।

सुआहारा कार्यक्रम अन्र्तरगत वायल स्वास्थ्य चौकीको समन्वयमा सोर्स नेपालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वडा अन्र्तरगत रहेका कुपोषित बालबालिकाहरुको तथ्यांक पत्ता लगाउने विषयमा छलफल गरिएको सोर्स नेपालका कार्यकारी निर्देशक लाल बहादुर बिकले बताए ।

उनले भने,´ वडा नम्बर ४ अन्र्तरगत रहेका कुपोषीत बालबालिकाहरु कती जना छन् । तिनीहरुको अवस्था के कस्तो छ ? भन्ने विषयमा पत्ता लगाउन स्वयंसेवीकाहरुलाई जानकारी गराएका छौँ ।´

बालबालिकाहरुलाई मुख्य तया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेबिकाहरुलाई कुपोषीत बच्चाहरु पत्ता लगाई स्वास्थ्य संस्थामा रिपोर्टिङ गर्न समेत जानकारी गराईएको छ ।

कुपोषीत बालबालिकाहरुको तथ्यांक लिन पाखुरामा मुआफ टेप प्रयोग गरिन्छ सोही अनुरुप धेरै कुपोषित, मध्ययम खालको र सामान्य खालको भनेर मापन गर्ने गरेको समेत कार्यकारी निर्देशक बिकले बताए ।

कार्यक्रमको सहजिकरण वायल स्वास्थ्य चौकीमा कार्यरत एम बी बी एस डा. ईन्द्र माझीले गरेका थिए ।

कार्यक्रममा वडा अन्र्तरगतका सम्पूर्ण महिला स्वास्थ्य स्वयंम सेवीकाहरुको सहभागिता रहेको थियो ।

सोर्स नेपालले सुआहारा कार्यक्रम अन्र्तरगत डोटी जिल्लाको केआई सिंह गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.