Sujang

भूकम्प प्रभाबित क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Ban

मंसिर १९, सिलगढी -डोटीको पुर्विचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभाबित क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका सबै ९४ जना बालबालिका र २ जना सुत्केरी महिलाहरुलाई प्रभावित स्थानमा पुगेर सोमबार सहयोग गरिएको हो ।

Krishi

बढ्दै गएको चिसोबाट बालवालिका प्रभावित नहोउन भन्ने उद्धेश्यले जिल्ला विपत बयवस्थापन समिति, पूर्बीचौकी गाँउपालिका र वडा कार्यालयको समन्यमा न्यानो कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रममा बोल्दै पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपती खड्काले चिसो समयमा युनिसेफ नेपाल र बास नेपालले न्यानो कपडा बितरण गर्दा प्रभावित बालवालिकालाई ठुलो राहत पुगेको बताए । भूकम्प प्रभाबित क्षेत्रका मानिसहरु अहिले पनि टेन्टमा बसीरहेका छन अब यस्तै प्रकारका महिलाहरुका लागि न्यानो कपडा सहयोगको समेत अपिल गरेका छन् । भूकम्प प्रभाबित क्षेत्रमा पुगेर यति ठुलो सख्यामा गरेको सहयोगको प्रसंसा गरेका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा पुर्विचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपती खड्का, वडा सदस्य भिम बहादुर खड्का, बास नेपालका कार्यक्रम संयोजक हेमराज भट्ट, सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजारा, बासका प्रदेश सचिब तथा पत्रकार गणेश मौनी, बासका कार्यक्रम अधिकृत शर्मिला थापा, मनोसामाजिक कार्यकर्ता सरिता कठायत, तुल्सी वलीको सहभागिता रहेको थियो ।

बास नेपालले कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण तथा लैगिक हिंसा न्यूनिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.