Sujang

कम्प्युटर एसोसिएसन डोटीको अध्यक्षमा पुनः जोशी

मंसिर १८,सिलगढी –कम्प्युटर एसोसिएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी पुन : चयन भएका छन् । शनिवार कम्प्युटर एसोसिएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन बाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

तेस्रो अधिवेशन बाट जिल्ला उपाध्यक्षमा विक्रम केसी,सचिवमा हिक्मत भण्डारी र कोषाध्यक्षमा सुवास परियार चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा विराट विष्ट,वसन्त बलायर र नीरज सुनार चयन भएका छन् ।
उक्त संस्थाले जिल्लामा रहेका कमप्यूटर व्यावसायीहरु तथा आइटी सँग सम्बन्धित कर्मचारीहरूको हकहितको लागी काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यको निरन्तरता दिँदै जाने अध्यक्ष जोशीले बताए ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा क्यानका केन्द्रीय सचिव हर्क सेटी रहेका थिए ।                                                                                                          यसका संस्थापक अध्यक्ष सन्तोष श्रेष्ठ हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.