मंशिर १६ डोटी -पढाई शिबीर सहजकर्ताहरुका लागि पढाई शिबीर र अभिभावकीय सचेतना सम्बन्धी दुई दिने पुर्नताजकी तालिम शुक्रबार दिपायलमा सम्पन्न भएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा सामुदायीक बिकास केन्द्रले तालिम आयोजना गरेको थियो ।
शिकाईलाई थप गुणस्तरीय बनाउनका साथै विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षामा समाबेश गराउन पढाई शिबीरले सहयोग पुर्याएको सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताएका छन् ।
दुई दिन सम्म संचालन भएको तालिममा पढाई शिबीरका चरणहरु, पढाई शिबीरको अभ्यास, अभिभावक सचेतनाका चरणहर र पढाई शिबीर दिगोपना र प्रभावकारीता लगाएका विषय बस्तुको बारेमा छलफल गरेको समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना संयोजक दिनेश बमले बताए ।
दुई दिन सम्म सचालन भएको तालिममा डोटीको दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, आर्दश गाउँपालिका र सायल गाउँपालिकाका ९२ जना पढाई शिबीर सहजकर्ताको सहभागिता रहेको थियो ।
पढाई शिबीर कक्षा डोटीका चार वटा स्थानिय तहका ९२ वटा स्थानमा प्रत्येक शनिबार दैनिक १ घण्टा ३० मिनेट संचालन हुने गर्दछ ।