Sujang

डोटीबाट गर्भवतीकोे हेलिकोप्टरमार्फत उद्धार

Ban

डोटीबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

Krishi

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी २७ वर्षीया अमृतादेवी बोहराको बुधबार उद्धार गरिएको हो। सोमबार साझदेखि सुत्केरी बेथा लागेकि बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगीएको थियो। उनको बच्चा नजन्मिएपछि उद्धार गरिएको हो।

उच्च रत्तश्राव भएपछि उनको नेपाली सेनाकोे हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकोप्टर मार्फत उद्धार गर्ने गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.