सिलगढी : डोटी जिल्ला प्रदेश सभा `क´ मा एमाले नेता चक्र मल्ल विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र बहादुर सिंहलाइ ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको । विजयी उम्मेदवार मल्लले १५२७९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सिंहले १४८२९ मत पाउनुभएको छ । यहाँ ४ जना उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो । अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५५ मत प्राप्त गर्नुभएको छ । यहाँ ३३ हजार ३२२ मत खसेको थियो । १ हजार ९ सय १९ मत बदर भएको छ ।