Sujang

भुकम्प पीडित परिवारलाई त्रिपाल सहयोग

डोटी -डोटीको पुर्बीचौकी गाउँपालिका -७ पोखरीका भुकम्प पीडितलाई सामग्री सहयोग गरिएको छ। बिहीबार पुर्विचौकि गाँउपालिका -७ पोखरीका २५ उच्च जोखिम प्रभावित घर धुरीलाई सामुदायिक विकास केन्द्र डोटीले अस्थायी टहरा निमार्णको लागी त्रिपाल सहयोग गरेको हो ।

लुथरन वर्ल्ड रिलिफ र यु.एस.ए.आई.डि सहयोग तथा जिल्ला विपद व्यवस्थापन समिति र पुर्विचौकि गाँउपालिकाको समन्वयमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर खड्कालाई त्रिपाल हस्तान्तरण गरेको संस्थाका अध्यक्ष हेम राज जोशीले बताए ।

पोखरीका स्थानिय बासिन्दा नन्दा लुहारले भनिन् ,´घर चर्केर बस्न मिल्ने अवस्था थिएन । यतिका दिनदेखि राहतको पर्खाइमा थियौं । आज त्रिपाल भए पनि थोरै राहत भएको छ।`

वडा अध्यक्ष खड्काका अनुसार वडामा मात्र ६९ घर उच्च जोखीम, २६० घर जोखीम र १५० घर चर्केका बताए । उनले भने ,´ यस्तो अवस्थामा वडा कार्यालयबाट मात्र सहयोग गर्ने अवस्था छैन। कसरी व्यवस्थापन गर्ने हामी आफै अलमलमा छौ । सहयोग गरिदिन सबैमा अनुरोध गरे ।`

पुर्विचौकि गाँउपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले यस बिपत्तिमा संस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनले भने,´भुकम्पले गाँउपालिकामा रहेका सयौं घरमा क्षति भएको छ। उता विद्यालयका भवनमा क्षति भएर पठन पाठनमा समस्या भएको छ। सबै निकायलाई सहयोगका लागी हार्दिक अपिल गर्द्छु ।`

कात्तिक २३ गते आएको भुकम्पमा परि ६ जनाको मुत्यु भएको थियो भने ८ जना घाईते भएका भएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.