Sujang

अत्याधिक मतले चुनाव जित्दै छु : सिंह

डोटी – नेपाली कांग्रेस डोटीका पार्टी सभापति एवं प्रदेश सभा “क” का उम्मेदवार नरेन्द्र बहादुर सिंहले बहुमतले चुनाव जित्ने दाबी गर्दै आएका छन् । निर्वाचन क्षेत्रको चुनावी भ्रमण पछि प्रतिक्रिया दिदै उनले आफु अत्याधिक मतले विजयी हुने दावी गरेका हुन् ।

सिंहले ३४ वर्ष लामो राजनीतिक संघर्ष पछि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेको बताउँदै जनताले अत्याधिक बहुमतले विजयी गराउने आश्वासन दिएको बताए । “पार्टीको जिम्मेवार पद सम्हाल्दैगर्दा संविधान र राष्ट्रको संरक्षण गर्ने समयमा पार्टीले टिकेट दिएको छ,“उनले भने,“महत्वपूर्ण समय र देशको राजनीति सबै जनताले बुझेका छन् । यहाँको विकास, संविधान र देशको रक्षार्थ पनि कांग्रेस जित्नु पर्ने आवश्यक छ, यस कुरालाई मनन गर्दै जनताले आशिर्वाद सँगै मत दिने प्रतिवद्धता गरेका छन् । जनतामाझ मेरा पनि केही महत्वपूर्ण प्रतिवद्धता छन् ती प्रतिवद्धता पुरा गर्न आजै देखि लागि पर्ने छु ।”

डोटी जिल्ला यस अघि देखि नै कांग्रेसको किल्ला भएको बताउँदै उम्मेदवार सिंहले कांग्रेसका आफ्ना मतसँग्रै गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरुका मतले भारी मतान्तरका साथ विजयी हुने बताए । “यस क्षेत्रमा कांग्रेस आफैमा बलियो छ,“उनले भने,“देशको राजनीतिक अवस्थाले हामी धेरै दलहरु एकठाउँमा उभिएका छौं । सधै दलका नेता र कार्यकर्ताहरुको साथ पाएको छु । गठबन्धन बाहिरका दलहरुका नेता तथा कार्यकर्ताहरुले समेत शुभेच्छा देखाउनु भएको छ । हाम्रो पार्टीको आन्तरिक सर्वेक्षणले हामी धेरै ठुलो मतान्तरले जित्दै छौं ।मंसिर ४ गते सम्म आफ्नो अमुल्य मत दिएर अझै बढी मतभारले विजयी गराउँन मतदातालाई हार्दिक अपिल गर्दछौं ।”

Salmuni
Leave A Reply

Your email address will not be published.