Sujang

डोटीका दलहरुलाई १६ बुदे ज्ञापन पत्र

Ban

मंशिर १ डोटी-शिक्षा क्षेत्रका सवालहरुलाई मुख्य एजेण्डाको रुपमा लिई अघाडी बढ्नका लागि डोटीका प्रमुख दलहरुलाई शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति डोटीले १६ बुदे ज्ञापन पत्र बुझाएको छ ।
मंशिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यहरुको निर्बाचनमा होमीएका दलहरुलाई शिक्षा संग सम्बन्धीत सवालहरुलाई आफ्नो घोषणा पत्र, प्रतिबद्धता पत्रमा समाबेश गर्नुका साथै कार्यान्वयन चरणमा प्रतिबद्धता जनाउन ज्ञापन पत्र बुझाएको शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति डोटीका संयोजक तिर्थराज पन्तले बताए ।
शिक्षा नीतिको सुदृढीकरण र शिक्षा सम्बन्धी पैरवि ,चेतना मुलक सन्देश तथा मेलमिलापका लागि वकालत गर्ने हाम्रो उद्देश्य हो ,गुणस्तरीय, समावेशी, समतामूलक शिक्षा र सबैका लागि जीवनभरका अवसरहरूको वकालत गने,उदयमान शिक्षाका मुद्दाहरूमा अनुसन्धान गर्ने उद्देश्य रहेको समेत संयोजक पन्तले बताए ।
दलहरुलाई बुझाएको ज्ञापन पत्रमा आधारभूत तथा माध्यामीक शिक्षामा ब्याप्त निजीकरण तथा ब्यापारीकरणको अन्त्य गरिनुपर्ने, बिद्यालयको पहुचमा पुग्न नसकेका बालबालिकाका निम्ती सुबिधा सम्पन्न बिद्यालय स्थापना गर्नुपर्ने, समाबेशी र समतामुलक शिक्षा पद्धतीलाई आत्मासाथ गर्नुपर्ने, सार्वजनिक बिद्यालयको औषत सिकाई उपलब्धी कम्तीमा ६५ प्रतिशत पुग्ने गरि ५ वर्षको रणनितीक योजना बनाई कार्यान्वयन गर्नुपर्ने लगाएका १६ बुदाहरु समाबेश गरिएका छन् । समितिले डोटी जिल्लामा रहेका प्रमुख दलहरुलाई ज्ञापन पत्र बुझाएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान ४३३ सदस्य संस्थाहरूको राष्ट्रिय सञ्जाल हो जसमा शैक्षिक अधिकार सुनिश्चित गरी नेपालको सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरणका लागि संजालले देशका ३१ वटा जिल्लाहरू शिक्षा क्षेत्रमा विभिन्न काम गर्दे आइरहेको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.