Sujang

भागरती एकेडेमीद्धारा भूकम्प पीडितलाई सहयोग

Ban

कात्तिक २९ डोटी-डोटीको पुर्वीचौकी गाँउपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरुलाई भागरती एकेडेमीले सहयोग गरेको छ ।
डोटी सिलगढी जिरोप्वाईन्ट स्थित भागरति एकेडेमीमा अध्ययनरत शिक्षक तथा बिद्यार्थिहरुले आफुले खाने खाजाँ बाट ३,४ दिनको जम्मा गर्नुका साथै दिपायल, सिलगढीमा रहेका केही ब्यापारीहरु बाट सानो सानो सहयोग संकलन गरी रु २५ हजार नगद सहित कम्मल लगाउने न्यानो लुगाकपडा सहित १ लाख बराबरको सहयोग गरेको भागरति एकेडेमीका संचालक हेमराज मलासीले बताए ।
भागरति एकेडेमीका शिक्षक बिद्यार्थिहरु सहितको टोली मंगलबार गैरागाउँ प्रभाबित क्षेत्रमा पुगेर सहयोग गरेको बिद्यालयले जनाएको छ ।
कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी ३ मा दर्जनौ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.