
गणेश मौनी,कात्तिक २८ डोटी-जिल्ला प्रशासन कार्यालय डोटीले अत्याआवश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ ।
मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीको हस्ताक्षरमा सोमबार एक सुचना जारी गर्दै कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको जानकारी गराएको छ ।