

डोटीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्ला बजारमा रहेको जमुना फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार गणेश बहादुर कठायतले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार साँझ ४ः२५ मा अचानक आगलागी भएको हो ।
आगलागी दिपायल सिलगढी नगरपालिकाको दमकल, स्थानीय तथा नेपाल प्रहरीको सहयोगमा ५ः९ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
