Sujang

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका-२ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबाट लडेर शनिबार मृत्यु भएको प्रहरीले बताएको हो।

बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.