Sujang

प्रेम आलेले डोटेली र नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेः ओली

Ban

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन्। डोटीको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन्।

Krishi

चुनावी आमसभलाई सम्बोधन गर्न दीपायल पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु¥याउन आग्रह गरेका हुन्।

उनले भने ‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे। सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे। मन्त्रीको भाषा हेर्नुभयो र यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टी तथा सिन्का सान्कि चिन्ह लिएर उम्मेदवार बनेको सुनियो। त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस्।’

 

Salmuni
Leave A Reply

Your email address will not be published.