Sujang

डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

Ban

डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका -४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर शनिबार दुर्घटना भएको हो ।

दुर्घटनामा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दान बहादुर धामीको निधन भएको वायल प्रहरी चौकीका प्रहरी प्रमुख प्रहरी सहायक नरीक्षक चन्द्र सिंह कार्कीले बताए ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका थिए। घटनास्थलबाट उद्दार गरेर उपचारका लागि पठाउँदै गर्दा उनको निधन भएको प्रहरी सहायक नरीक्षक कार्कीले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.