Sujang

डोटीमा भूकम्प पीडीतलाई राहात बितरण

Ban

गणेश मौनी,कार्तिक २६, डोटी-जिल्ला बिपद ब्यवस्थापन समिति डोटीले शुक्रबार भूकम्प प्रभाबित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडीतलाई राहात बितरण गरेको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको नेतृत्वमा गएको टोलीले स्थलगत निरिक्षण गरि मृतकका परिवारलाई नगद रकम र प्रभाबितहरुलाई खाद्यान्न लुगाकपडा बितरण गरेको जानकारी दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट भूकम्पले घर भत्काउँदा च्यापिएर मृत्यु भएका प्रति परिवारलाई २ लाखका दरले एक परिवार बाट एक बढीको मृत्यु भएको अवस्थामा थप एक लाखका दरले नगद राहात बितरण गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
भूकम्पमा परि मृतकका आफन्त पदम बहादुर बोहरालाई रु. ४ लाख, विस्नादेवि बोहरालाई रु. ३ लाख र महावीर वोहराललाई रु. २ लाख घटना स्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै पूर्ण रुपमा क्षति भएका १८ घर परिवारलाई टेन्ट, व्लांकेट र करीब १० दिनको लागि पुग्ने दाल, चालम, चिउरा, नुन, तेल खाद्यान्न उपलब्ध गराइएको समेत प्रशासनले जनाएको छ ।
सोही गाउँपालिकाको सिमलडाडाका १० घर परिवार भूकम्पबाट प्रभाबित भएकोले थप परिवारको लागि शनिबार राहत सामग्री पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । डोटीको सायल गाउँपालिकामा पनि भूकम्पको कारण केही घरहरु चर्केको जानकारी अनुसार गाउँपालिकामा ३०÷३० थान त्रिपाल र व्लांकेट पठाइएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्पका कारण गाउँपालिकाका भित्र भएको भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताएका छन् । उनले भने प्रहरी प्रशासन र रेडक्रसको सहयोगमा तथ्यांक लिईरहेका छौ पूर्ण रुपमा क्षतीको बिवरण आएपछी राहातका साथै पुर्न निमार्णको लागि पहल गरिने बताए । तत्कालको लागि प्रभाबितहरुलाई गर्नुपर्ने राहात, उद्धार र ब्यवस्थापनको कार्यक्रमा गाउँपालिका दिनरात खटीरहेको समेत अध्यक्ष उपाध्यायले बताए ।
प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा गएको स्थलगत निरीक्षण टोलीमा गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, नेपाल रेडक्रस सोसाइटीका र स्थानिय बासीन्दाहरुको सहभागिता रहेको थियो ।

Krishi

उद्धारका लागि सुरक्षाकर्मीको भूमिका प्रमुख

घटना भईसकेपछी उद्धारमा सुरक्षा निकाएको भुमिका प्रभावकारी रहेको प्रभाबितहरुले बताएका छन् । घटना हुने बित्तीकै नेपाल प्रहरी र नेपाली सेना, ससस्त्र प्रहरीको टोली घटनास्थल पुगी उद्धार कार्यमा लागेको स्थानिय बताउन्छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रभाबितहरुको घरभित्रको अन्नपात सामाग्री बाहीर निकाल्ने, जोखिमयुक्त भवनहरुको ब्यवस्थापनगर्ने, घाईतेहरुको उद्धार, टेन्ट त्रिपालको ब्यवस्था र टहरा निमार्ण,घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फ धनगढी रिफर लगाएका काममा प्रमुख भूमिका रहेको पाईन्छ ।
बुधवार बिहान खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि पुर्विचौकी गाउँपालिकाका वडा नम्बर ३ गैरागाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए भने ४४ घर पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.